Hill Bird Education Home Lamki Chuha 08 Bachaila kailali
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hill Bird Education Home Lamki Chuha 08 Bachaila kailali, Health/Beauty, Lamki, Kailali.
25/04/2026
सूचना !
आदरणीय अभिभावक ज्यू,🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
मिति २०८३/०१/०८ गते देखि शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना कार्यक्रम सुरु हुने जानकारी गराउँदछौँ।
भर्ना समय: बिहान ७:०० बजेदेखि
हिल वर्ड एजुकेसन होम- लम्किचुहा न.पा.-08,बचैला
समय मै आफ्ना नानी- बाबुहरुको भर्ना गराइ सिट सुरक्षित गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं
Class: PG देखि सात (७) कक्षा सम्म
15/08/2025
🙏मिति: 2082
स्थान: [Hill Bird Education Home ] परिसर
[हिल बोर्ड एजुकेसन होम लम्की चुहा 08 बचैला] मा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष कार्यक्रम आयोजना गरियो। कार्यक्रमको प्रारम्भ भगवान श्रीकृष्णको पूजा–अर्चना र दीप प्रज्वलनबाट गरियो। त्यसपछि विद्यार्थीहरूले श्रीकृष्णको बालरूपमा नृत्य तथा गीत प्रस्तुत गरे, जसले सम्पूर्ण वातावरण भक्तिमय बनायो।
कार्यक्रमको विशेष आकर्षणको रूपमा विभिन्न रमाइलो तथा प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरियो। बालबालिकाले भुइँ मटका फोड्ने खेल, दोर तान्ने खेल, कुर्सी नृत्य, र विभिन्न टिम खेलहरूमा उत्साहपूर्वक सहभागिता जनाए। यसले विद्यार्थीहरूमा आपसी सहयोग, खेल भावना र उमंगको माहोल सिर्जना गर्यो।
अन्त्यमा, विजयी खेलाडी तथा सहभागीहरूलाई पुरस्कार वितरण गरियो र कार्यक्रमको समापन प्रधानाध्यापक सरको धन्यवाद ज्ञापनका साथ गरियो।
– [हिल बोर्ड एजुकेसन होम] परिवार
---
12/08/2025
Happy Birthday Dear Student 🎉
On behalf of [ Hill Bird Education Home Lamki Chuha 08 Bachaila kailali ] we wish you a wonderful birthday filled with joy, good health, and great achievements in your studies. Shining 🌟✨🌟🌟
10/07/2025
06/06/2025
शुक्रबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
18/05/2025
श्री खडक बहादुर बिष्टज्यू,
हिल बर्ड एजुकेसन होमको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना!
तपाईंको नेतृत्व र समर्पणले हाम्रो विद्यालयलाई उत्कृष्ट बनाएको छ। यो विशेष दिनमा तपाईंको दीर्घायु, स्वास्थ्य, खुशी र सफलताको शुभकामना व्यक्त गर्दछौं। भविष्यमा पनि यस्तै प्रेरणादायी नेतृत्वबाट हाम्रो विद्यालय सफलताका नयाँ उचाइमा पुग्नेछ भन्ने विश्वास छ।
शुभकामना सहित,
हिल बर्ड एजुकेसन होम परिवार
12/04/2025
आदरणीय अभिभावक ज्यू ,
विषय :- नतिजा प्रकाशन सम्बन्धमा
भोली मिति २०८१/१२/३१ गते आइतबारका दिन यस हिल बर्ड एजुकेसन होम को वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरणको कार्यक्रम हुने भएकाले सम्पुर्ण अभिभावकज्यू हरु विद्यार्थी नानी बाबुहरु सहित स्वयं उपस्थित भई आफ्ना नानी बाबुहरुको नतिजा बुझिलिन हुन हार्दिक अनुरोध गर्दछौं ।
Hill Bird Education Home Lamki Chuha 08 Bachaila kailali
प्रिन्सिपल
एवम
हिल बर्ड एजुकेसन होम परिवार
लम्कीचुहा -०८, बचैला, कैलाली
31/01/2025
“विद्या, ज्ञान र संस्कारकी अधिष्ठात्री देवी माता सरस्वतीको कृपाले सम्पूर्ण विद्यार्थी, शिक्षकगण, तथा अभिभावकहरूमा बुद्धि, विवेक, र सृजनशीलताको प्रकाश फैलियोस्। शिक्षा मार्फत उज्ज्वल भविष्यको निर्माण होस् भन्ने कामना गर्दै, यस शुभ अवसरमा हाम्रो विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं। सरस्वती पूजाको मंगलमय अवसर सबैका लागि ज्ञान, सफलता, र समृद्धिको स्रोत बनोस्!”
29/01/2025
सहिद दिवस 2081 को अवसरमा, वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै । साथै विभिन्न कार्यक्रम गरियो।
आज चौथो दिन मा भयका खेलहरू
Boys : कबड्डी
Girls: कबड्डी
प्रिय खेलाडी तथा सहभागी मित्रहरू,
हाम्रो हिल वर्ल्ड एजुकेसन होम परिवारको तर्फबाट तपाईं सबैलाई खेलकुद प्रतियोगिताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
खेलकुदले अनुशासन, एकता, सहकार्य, र आत्मविश्वासको विकास गर्दछ।
तपाईंहरू सबैले आफ्नो उत्कृष्टता प्रदर्शन गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ।
हार र जीत खेलको हिस्सा हो। त्यसैले खेलकुद भावना, इमानदारी, र धैर्यका साथ प्रतिस्पर्धा गर्नुहोस्।
तपाईंहरूको सफलताको लागि हाम्रो शुभेच्छा!
- हिल वर्ल्ड एजुकेसन होम परिवार
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lamki
Kailali
091